arrow

अफगान मस्जिद विस्फोट आफूले गराएको इस्लामिक स्टेट समूहको दावी

logo
एएफपी,
प्रकाशित २०७९ वैशाख ८ बिहिबार
afgansitan.jpg.jpeg

बेरुत । उत्तरी अफगानिस्तानको मजार–आई–सरिफमा बिहीबार भएको एक शिया मस्जिदमा आफूले विस्फोट गराएका अफगानिस्तानको इस्लामिक स्टेट समूहले दावी गरेको छ । उक्त समूहले आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको बताएको छ ।

यद्यपि अफगानिस्तानको सरकारी अधिकारीहरूले घटनामा पाँचको मृत्यु भएको र अन्य ६५ जना घाइते भएको बताएको छ ।

उक्त समूहले भनेको छ, “कालिफ सिपाहीहरूले मस्जिदभित्र विस्फोटक पदार्थले भरिएको एउटा झोला राखी यसलाई केही टाढाबाट बिस्फोट गराएका छन् । विस्फोटका समय मस्जीदमा उपासकहरूको भीड रहेको सरकारी अधिकारीले पुष्टि गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ