arrow

५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छापियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
namuna-matpatra-2079-local-level.jpg

काठमाडौं । आगामी ३० बैशाखमा तय भएको स्थानीय तहको निर्वाचनका लागि २४ जिल्लाको मतपत्र छापिन मात्रै बाँकी छ । निर्वाचन आयोगका अनुसार ५३ जिल्लाका लागि मतपत्र छपाई सकेर मुगु, बाजुरा, अछाम, जाजरकोट, ताप्लेजुङ, सोलुखम्बु र काठमाडौंमा निर्वाचन सामग्रीसमेत पठाइसकिएको छ ।

‘‘बैशाख ८ गतेसम्म ५३ जिल्लाका लागि १ करोड १९ लाख मतपत्र छपाइको काम सकिएको छ, बाँकी २४ जिल्लाका मतपत्र छपाइको काम सुरु गरिँदैछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । 

उनका अनुसार ४४ वटा राष्ट्रिय संस्थाका १० हजारभन्दा बढी पर्यवेक्षकले स्थानीय तह निर्वाचनको पर्यवेक्षण गर्दैछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ