arrow

काठमाडौंमा स्थानीय तह निर्वाचन : टिकटका लागि दौडधुप

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
local-level-election-everytime.jpg

काठमाडौं । सङ्घीय राजधानी काठमाडौंमा स्थानीय तहको निर्वाचनको चहलपहल बढ्न थालेको छ ।  दलका नेता कार्यकर्ता बैठकमा व्यस्त छन् । दलका स्थानीय तह, जिल्ला, प्रदेश र कन्द्रीय तहका संयन्त्र कसलाई कुन तहमा चुनाव लडाउने भन्ने गृहकार्यमा लागेका छन् । 

चोक, चौतारा एवं चिया पसलमा निर्वाचनको बहसले प्राथमिकता पाएको छ । विभिन्न तहमा क्रियाशील राजनीतिक नेता, कार्यकर्ता टिकटका लागि दौडधुपमा लागेका छन् । काठमाडौंमा एक महानगर र १० नगरपालिका रहेका छन् । 

सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिले आज काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाका प्रमुखको निर्णय गर्न बैठक बोलाएको जनाइएको छ । 

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले भने शनिबार महानगरपालिकामा पार्टीका तर्फबाट चुनाव लड्नेको अन्तिम निर्णय गर्ने जनाइएको छ । अन्य नगरपालिकाका नेतृत्वको टिकट भने प्रदेश समितिले दिनेछन् । वडा तहको निर्णय पार्टीका जिल्ला संयन्त्रले गर्ने जनाइएको छ ।

 राजधानीका काठमाडौं महानगरपालिका, शङ्खरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, चन्द्रागिरी, कीर्तिपुर र दक्षिणकाली नगरपालिकामा निर्वाचन कार्यालय बिहीबारदेखि स्थापना भइसकेको छ । 

महानगरपालिका मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृह र अन्य नगरपालिकाको कार्यालय सम्बन्धित नगरपालिकामा गरिएको जिल्ला निर्वाचन कार्यालय काठमाडौंका सूचना अधिकारी समिता बस्नेतले राससलाई जानकारी दिए। निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकिएको छ ।

काठमाडौंमा छ लाख ३७ हजार ७७५ मतदाता छन् । त्यसमा तीन लाख २९ हजार ५४५ महिला, तीन लाख आठ हजार २२१ पुरुष र नौ अन्य मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय काठमाडौंले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ