arrow

भारतमा तेस्रो दिन पनि संक्रमितको सङ्ख्या २ हजार माथि

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
corona-india-keral.jpg

नयाँ दिल्ली । भारतमा तेस्रो दिन पनि कोरोना भाइरस संक्रमितको सङ्ख्या २ हजार माथि रहेको छ । विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको सङ्ख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो ।

२४ घण्टाको समयमा दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति थपिएका छन् । यसका साथै महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या ५ लाख २२ हजार ११६ पुगेको छ ।

थपिएका संक्रमितसँगै यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रवार जानकारी दिएको छ । 

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २४१ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ । 

२४ घण्टाको समयावधि अर्थात् बिहीबार मध्यरातसम्म एक हजार ५८९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ