arrow

वडाध्यक्ष साहले पदबाट दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
saha-rajinama.PNG

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले पदबाट राजीनामा दिएका छन् । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा चुनाव लड्न वडाध्यक्ष साहले पदबाट राजीनामा दिएका हुन् ।

उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधान अनुसार आफूले उपमहानगरको प्रमुख प्रशासकीय अधिकृत प्रधुम्नप्रसाद उपाध्यायसमक्ष राजीनामा पत्र बुझाएको साहले बताए । 

साह ०७४ सालको निर्वाचनमा तत्कालीन राजपाबाट जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष पदमा निर्वाचित भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ