arrow

तेह्र करोड बढी अमेरिकीहरु अस्वस्थ हावामा बस्छन्

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
mexico-city-pollution.jpg.jpeg

लस एन्जेलस । करिब १३ करोड ७० लाख अमेरिकी नागरिक खराब अवस्था रहेको हावा अर्थात् अस्वस्थ हावामा बस्ने गरेको एक अध्ययनले देखएको छ ।

 बिहीबार यहाँ सार्वजनिक गरिएको एक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ । उक्त रिपोर्ट अनुसार यहाँका करिब १३ करोड ७० लाख अमेरिकी नागरिकहरु प्रदुषित हावामा बस्ने गरेका पाइएको समाचारमा जनाइएको छ ।
 
अमेरिकी लङ एसोसिएसनले बिहीबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको समाचारमा जनाइएको छ । यहाँ खराब वायुको मात्रा बढ्दै गएको पनि सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गत वर्ष यस्तो खराब वायुमा बस्न बाध्य भएका अमेरिकीको संख्या ९० लाख भन्दा केही बढी रहेको भए पनि यो मात्रा बढेको पाइएको सो प्रतिवेदनमा जनाइएको छ । सन् २००० देखि उक्त संस्थाले यहाँको वायुको गुणस्तरीयता मापन गर्ने गर्दै आएको छ ।
 
पछिल्लो समयमा सो एसोसिएसनले यस्तो खराम वायुमा बस्न बाध्य भएका नागरिकको संख्याका बारेमा पनि अनुसन्धान गर्ने गरेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ