- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष दीपेन्द्र कुमार साह तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) मा प्रवेश गरेको छन् ।
शुक्रवार लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) का प्रभावशाली युवा नेतासमेत रहेका वडाध्यक्ष साह औपचारिक रूपमै लोसपा परित्याग गरी तमलोपाको सदस्यता लिएका हुन् ।
वडाध्यक्ष साहले लोसपाभित्र जिल्ला स्तरमा एकलौटी निर्णय गर्ने परम्परा नै हाबी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गरेको जानकारी दिए।
नवप्रवेशी साहलाई तमलोपाका अध्यक्ष बृषेशचन्द्र लाल, वरिष्ठ नेता डा. विजय कुमार सिंह, जिल्ला अध्यक्ष धिरेन्द्र सिंह लगायतकाले टीका लगाई पार्टीमा स्वागत गरेका हुन् ।