arrow

जनकपुरका मेयर र उपमेयरले दिए राजीनामा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ९ शुक्रबार
jankpur-mayaour-upa.jpg

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लाल किशोर साह र उपमेयर रिता कुमारी मिश्रले पदबाट राजीनामा दिएका छन्। वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि शुक्रवार मेयर साह र उपमेयर मिश्रले आ-आफ्नो पदबाट राजीनामा दिएका हुन् ।

उनीहरूसँगै केही वडाध्यक्षहरूले पनि राजीनामा दिएका छन् । राजीनामापछि मिश्रले भनिन्, ‘म लगायत नगरप्रमुख र वडाध्यक्षहरू उपमहानगरको कार्यालय पुगेर हामीले राजीनामा बुझाएका छौं ।’ उम्मेदवार बन्न हालको पद त्याग गर्नुपर्ने प्रावधानअनुसार आफूहरूले राजीनामा पत्र बुझाएको मिश्रले बताइन् ।

नगरप्रमुख साह जनता समाजवादी पार्टीबाट पुनः उक्त पदका लागि उम्मेदवारी दिंदैछन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट उपप्रमुख पदमा प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ