अलाबामा । अमेरिकाको अलाबामास्थित तुस्कालोसा विमानस्थल नजिकै एउटा विमान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । निधन हुने तीन विवाहित जोडी हुन् ।
उनीहरु फ्लोरिडामा भएको दन्त सम्मेलनमा भाग लिएर फर्कदै गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
जसमा दुई जना अक्सफोर्डका दन्त चिकित्सक रहेका थिए । दुर्घटनामा आमाबाबुको निधन भएपछि ११ जना बच्चा भने टुहुरा बनेको जनाइएको छ ।
विमानस्थल नजिकैको रुखमा ठोक्किएर दुर्घटना भएको बताइएको छ । दुर्घटनाको तीन मिनेटभित्रै उद्धारको प्रयास भए पनि सवार सबै ६ जनाको मृत्यु भएको हो ।