arrow

पशुपंक्षी सम्बन्धी कशुरमा एक युवक पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १० शनिबार
sudip.jpg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पशुपंक्षी सम्बन्धी कशुरमा पोखराका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं. १९ का २३ वर्षका सुदीप परियार रहेका छन् । 

गत चैत्र १८ गते पोखरा १६ जोगीमणिस्थित सार्वजनिक स्थानमा कुकुरलाई झुण्ड्याएर मारेको अभियोगमा परियारलाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । 

कास्की प्रहरी प्रवक्ता सुन्दर तिवारीका अनुसार परियारले प्लास्टिकको डोरी कुकुरको घाँटीमा पासो लगाई रुखमा झुण्डाई मारी सेती नदीको खोँचमा फालेको र उक्त घटनाको भिडियो बनाई सामाजिक सञ्जाल (फेसबुक) मा पोष्ट गरेका थिए । 

सोही सूचनाको आधारमा परियारलाई वैशाख ८ गते पक्राउ गरी अनुसन्धान गर्दा निजको मोवाईल तथा निजले चलाउने फेसबुकमासमेत उक्त भिडियो रहेको पाइएको डिएसपी तिवारीले बताए । 

उनलाई कास्की जिल्ला अदालतबाट पशुपंक्षी सम्बन्धी कशुरमा दिन ९ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ