arrow

विशाल ढुङ्गाना मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
death-1618215084.jpg

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारामा एक युवा मृतावस्थामा फेला परेका छन् । 

मृत फेला पर्नेमा ३० वर्षीय विशाल ढुङ्गाना रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । 

शुक्रबारदेखि हराइरहेका उनको शव बेलचौतारास्थित कब्रस्थान नजिकैको खोल्सीमा फेला परेको प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । 

मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ