- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का महानिर्देशक डा टेड्रोस एडहानोम गेहब्रेयससले नेपालको तीन दिने औपचारिक भ्रमण गरेका छन् । सो भ्रमणका क्रममा उनले नेपालले कोभिड १९ प्रतिकार्यका लागि गरेको कामको प्रशंसा गरेका छन् ।
भ्रमणका क्रममा महानिर्देशक गेहब्रेयससले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्र मन्त्री डा नारायण खड्कासँग भेटवार्ता गरेका थिए ।
महानिर्देशक गेहब्रेयसससँग नेपालमा बाल तथा स्त्री रोग ओन्कोलोजीमा केन्द्रित मातृ र बाल स्वास्थ्य सहकार्य केन्द्रकोस्थापना, किटजन्य रोगको तालिम तथा अनुसन्धान केन्द्रलाई विश्व स्वास्थ्य सङ्गठनको दक्षिण पूर्वी एशियाली क्षेत्रीय केन्द्रका रूपमा विकास गर्न, अत्यावश्यक औषधी उत्पादन र शल्य चिकित्सासम्बन्धी स्वास्थ्य उद्योग स्थापना गर्न तथा नेपाली विज्ञहरूलाई अवसर तथा क्षमता विकासका लागि विश्व स्वास्थ्य संगठनबाट मद्दतको लागि प्रस्ताव गरिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख गेहब्रेयससको नेपाल भ्रमणबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले यस्तो जानकारी दिएका हुन् ।
यस्ताे छ भ्रमणबारे विवरण: