arrow

नेपालगन्जमा ३० वर्षीय युवाले गराए पहिलो उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
abdul-ajij.PNG

नेपालगन्ज । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपालगन्जमा अब्दुल अजिजले पहिलो उम्मेदवारी दर्ता गराएका छन् ।

नेपालगन्जस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्वतन्त्र उम्मेदवारका रूपमा उनले वडा नम्बर ५ को वडा अध्यक्षका लागि उम्मेदवारी दिएका हुन् । 

नेपालगन्ज डिएसपी रोड निवासी ३० वर्षीय अजिजले यसअघि आफूहरूले मत दिएर निर्वाचित गरेका जनप्रतिनिधिहरूले वडाको विकास गर्न नसकेकाले स्वतन्त्र उम्मेदवारी दिएको बताए । 

देशभर आज र भोलि उम्मेदवारी दर्ता हुँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ