arrow

भारतमा केही दिनयताबाट सक्रिय संक्रमित बढे

logo
नयाँ दिल्ली,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
corona-india-test3.jpg

सिन्ह्वा । भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म दुई हजार ५९३ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको सङ्ख्या चार करोड ३० लाख ५७ हजार ५४५ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । 

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस संक्रमणको पुनः नयाँ संक्रमितको सङ्ख्या दुई हजार नाघेको यो लगातार पाँचौ दिन हो । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ४४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको सङ्ख्या पाँच लाख २२ हजार १९३ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय संक्रमित १५ हजार ८७३ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय संक्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय संक्रमति बढेको पाइएको छ । 

२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ७५५ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख १९ हजार ४७९ जना सफलतापूर्वक कोरोना संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ