arrow

कैलालीमा शान्तिपूर्ण उम्मेदवारी मनोनयन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
Kailali-hamrakura.jpg.jpeg

सुदूरपश्चिम । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आज कैलाली जिल्लामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी किरण थापाले मध्याह्नसम्म जिल्लाका १३ वटै पालिकामा उम्मेदवारी मनोनयन शान्तिपूर्ण रुपमा भइरहेको जानकारी दिए । 
  
विभिन्न दलका उम्मेदवार बाजागाजा, नाचगानसहित जुलुस प्रदर्शन गर्दै उम्मेदवारी मनोनयनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय धनगढीमा पुगेका थिए । 

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी)सहितका दलले भने सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने जनाएका छन् । 
 
दलहरुले सबै तहमा उम्मेदवारको टुङ्गो लगाउन नसक्दा उम्मेदवारीको मनोनयन दर्तामा ढिलाइ भएको जनाइएको छ ।  धनगढी उपमहानगरको प्रमुखमा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारीमा रहनुभएका नेता रणबहादुर चन्दले आफूहरुले सोमबार मात्रै उम्मेदवारी दर्ता गराउने बताए । 

उपमहानगरपालिकाका सबै पदमा कसलाई उम्मेदवार बनाउने भन्नेमा पार्टीले लगभग टुङ्गो लगाइसकेको चन्दले बताए । नेपाली कांग्रेसका जिल्ला सचिव नृप सुनारले गठबन्धन दलबीच सबै तहमा साझा उम्मेदवार बनाउनेबारे भइरहेको छलफलमा सहमति जुटाउन समय लागेकाले उम्मेदवारी दर्तामा ढिलाइ भएको बताए ।
  
उनले भने ‘‘छलफल जारी भए पनि पालिकाको पदमा सहमति जुटाउन समस्या भइरहेको छ, साँझसम्म सहमति जुटाउने प्रयास भइरहेको छ ।’’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ