arrow

एमालेले कैलालीका ११ वटा स्थानीय तहमा उम्मेदवार टुङ्गो लगायो

logo
सुनील आउजी,
प्रकाशित २०७९ वैशाख ११ आइतबार
election-2079.jpg

धनगढी । नेकपा एमालेले आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि कैलालीका ११ वटा स्थानीय तहमा उम्मेदवार टुङ्गो लगाएको छ। 

आइतबार एमालेको प्रदेश कमिटीले मोहन्याल र चुरे गाउँपालिका बाहेक सबै पालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारको टुङ्गो लगाएको हो। 

प्रदेश कमिटीका अनुसार टीकापुर नगरपालिकामा श्याम खत्री प्रमुख र अनुपा केसी उपप्रमुख उम्मेदवार बन्ने भएका छन्। यस्तै लम्कीचुहामा महादेब बजगाईँ मेयर, जुना चौधरी उपमेयर, घोडाघोडीमा ममताप्रसाद चौधरी मेयर र करुणा बम उपमेयर, गौरीगङ्गामा पदम सिंगाल मेयर र शान्ति सिंह उपमेयरका उम्मेदवार छनोट भएका छन् ।

त्यस्तै गोदावरी नगरपालिकामा गोकर्ण भट्ट मेयर र शारदा रोकाया उपमेयर, भजनी नगरपालिकामा हर्क बुढा मेयर र तुलसी चौधरी उपमेयर, जोशीपुर गाउँपालिकामा केशरबहादुर डगौरा अध्यक्ष र रमादेशी भुल उपाध्यक्ष, कैलारी गाउँपालिकामा झुमा चौधरी अध्यक्ष र जालुराम चौधरी उपाध्यक्ष र बर्दगोरीया गाउँपालिकामा कर्ण कुँवर अध्यक्ष र इन्दु चौधरीलाई उपाध्यक्षको उम्मेदवार चयन गरिएको छ ।

धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कलावती रानालाई शनिवार नै छनोट गरिसकिएको छ ।



नयाँ