arrow

चन्द्रमामा आणविक विस्फोट गराउने अमेरिकी योजनाका कागजात बाहिरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख ११ आइतबार
us-moon-.png

काठमाडौं । सुन्दा आश्चर्य लाग्न सक्ने तर यर्थात अमेरिकी सरकारको योजनाबारेका कागजातहरू बाहिरिएका छन् । अमेरिकी रक्षा मन्त्रालय अन्तर्गतको एडभान्स्ड एरोस्पेस थ्रेट आइडेन्टिफिकेशन प्रोग्राम (एएटीआईपी) मा यस्तो योजना रहेको पाइएको हो ।

यसका लागि योजना, प्रस्ताव एवं सम्झौताहरू समावेश भएको १६०० पृष्ठको कागजात फेला पारेको रिपोर्ट भाइस डटकमले सार्वजनिक गरेको हो ।

उक्त रिपोर्टले चन्द्रमामा अदृश्यता क्लोक्स, एन्टिग्रेभिटी यन्त्रहरू, ट्र्याभर्सेबल वर्महोलहरू एवं आणविक विस्फोटबाट टनेल बनाउने जस्ता विचित्र किसिमका परीक्षणहरू गर्नका लागि लाखौँ अमेरिकी करदाता करोडौँ डलर खर्च गरेको खुलासा गरेको हो ।

एडभान्स्ड एरोस्पेस थ्रेट आइडेन्टिफिकेशन प्रोग्राम (एएटीआईपी) पाँच वर्ष (सन् २००७ देखि सन् २०१२ सम्म)चलेको प्रोग्राम हो जुन अहिले बन्द भइसकेको छ । 

सन् २०१७ मा एएटीआईपी कार्यक्रमका पूर्व निर्देशक लुइस एलिजोन्डोले पेन्टागनबाट राजीनामा दिएपछि न्युयोर्क टाइम्सबाट यो प्रोग्रामको जानकारी खुलासा भएको थियो ।

नकारात्मक मास प्रोपल्सन सिद्धान्तका आधारमा चन्द्रमाको कोरमा स्टिल भन्दा १ लाख गुणा कम तौल भएको अविश्वसनीय हल्का धातुहरू भएको मानिन्छ । 

त्यसकै खोजी गर्न चन्द्रमाको भित्री भागमा पुग्न थर्मोन्यूक्लियर विस्फोटक गरेर चन्द्रमाको क्रस्ट र आवरणबाट सुरुङ बनाउने प्रस्ताव राखिएको  बताइएको छ ।

अमेरिकाले अझै पनि चन्द्रमामा ड्रिल गर्ने योजना बनाएको छ वा छैन त्यो भने हेर्न बाँकी रहनेछ । तथापि, यो एक निकै नै फरक र काल्पनिक कहानी झैँ लाग्ने योजना देखिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ