- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
जनकपुर । वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि पहिलो दिन ८ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार उम्मेदवारी मनोनयनको पहिलो दिन साँझ ५ बजेसम्म मेयर पदको लागि ८ जनालगायत कूल १ सय ४४ जनाले मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले बताए ।
प्याकुरेलका अनुसार पहिलो दिन साना दुई राजनीतिक दल र स्वतन्त्र गरी ८ जनाको मेयर पदमा उम्मेदवारी परेको र उपमेयर पदमा ३ जनाको उम्मेदवारी परेको जानकारी दिए ।
जनकपुरधामको मेयर पदमा पहिलो दिन जनमत पार्टीबाट अनिता देवी साह ,नेकपा मालेबाट गीता कुमारी मण्डल र त्यस्तै, स्वतन्त्रबाट श्याम किशोर मण्डल, लक्ष्मण साह, रामसेवक यादव, बिक्की यादव, अनिल पजियार र सुधीर कुमार महतोको उम्मेदवारी परेको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।
साथै उपमेयरमा जनमत पार्टीबाट सन्तोष कुमार साहले उम्मेदवारी दर्ता गराएका छन् भने स्वतन्त्र बाट कुमारी वनिता यादव र उमेश चौधरीले उम्मेदवारी दिएका जानकारी दिए।
बाँकी १ सय ३३ जनाले वडाध्यक्ष र वडा सदस्यमा मनोनयन दर्ता गराएको प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले बताए ।