arrow

रुसी आक्रमणमा अहिलेसम्म दुई सय १३ युक्रेनी बालबालिकाको मृत्यु 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
ukraine-attack-2022-02-10.jpg
तस्बिर– फाइल

काठमाडौं । रुसले युक्रेनमाथि युद्ध थालेको दुई महिना नाघिसकेको छ । अहिलेसम्म सो क्रममा २१३ युक्रेनी बालबालिकाको मृत्यु भएको छ । ३८९ जना घाइते भएका छन् । 

कयौं स्थानमा उद्दारमा समस्या भएको युक्रेनी उच्च अधिकारीले बताएका छन् । रुसी आक्रमण अझै पनि जारी छ । सो क्रममा आइतबार अमेरिकी उच्च कुटनीतिज्ञद्धय एन्टोनी ब्लिंकिन र लायड अस्टिन युक्रेन आएका छन् । 

उनीहरुले किभमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् । उनीहरु २४ फेब्रअरीदेखि रुसले आक्रमण थालेयता किभ पुग्ने अमेरिकाका सबैभन्दा सिनियर अफिसरहरु हुन् । 

यता रुसले अब राष्ट्रपति जेलेन्स्की बस्ने शहर क्रिवी रिहमा पनि हमला गर्ने तयारी गरेको जनाइएको छ । शहरका डिफेन्स फोर्सका प्रमुख अलेक्जेन्डर विलकुलका अनुसार आगामी दिनमा रुसले क्रिवीमा पनि आक्रमण गर्न सक्नेछ । उनले कुनै पनि तरिकाको आक्रमणको जवाफका लागि तयार रहेको बताएका छन् । 

आइतबार मात्रै रुसी सेनाको आक्रमणमा परी आर्किवमा दुई जनाएको ज्यान गएको छ भने १४ जना घाइते भउका छन् । मारिनेमा ११ सालका बालकसमेत हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ