- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण कोभिड-१९ फेरि बढ्दै गएको छ । हिजो अर्थात् आइतबारसम्मका ७ दिनमा त्यसअघिका ७ दिनको भन्दा झन्डै दोब्बर नयाँ संक्रमित थपिएका छन् ।
भारतका कम्तीमा १२ राज्यमा संक्रमण बढ्दै गएको छ । १८ अप्रिलदेखि २४ अप्रिल अर्थात् एक हप्तामा भारतमा १५ हजार ७ सय नयाँ संक्रमित थपिएका हुन् ।
यो भन्दा अघिल्ला सात दिनमा ८ हजार ५० मात्रै नयाँ संक्रमित थपिएका थिए । यो हप्ता करिब ९५ प्रतिशत बढी संक्रमित थपिएका हुन् ।
विगत ११ हप्तामा निरन्तरको घट्दो संक्रमणपछि पछिल्ला २ हप्तामा संक्रमण बढेको छ । संक्रमण बढ्न थालेसँगै भारतमा कोभिड-१९ महामारीको चौंथो लहर आउन सक्ने चिन्ता बढ्न थालेको छ ।
यसै समयमा अर्को छिमेकी मुलुक चीनमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ ।