arrow

जनकपुरको मेयरमा चार जनाले उम्मेदवारी दर्ता गरे

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
jankpur-4-canided.jpg

जनकपुर ।  जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा  दोस्रो दिन चार जनाले उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन अधिकृत कार्यालयका अनुसार जनकपुरधामको मेयरमा मनोज साह, वैद्यनाथ साह सेवक, बलराम महतो र मनोज कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।  

समाचार तयार पार्दासम्म उम्मेदवारी दर्ता गरेका तीन जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् भने एक जना लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का रहेका छन्  । मनोज साह कांग्रेसबाट राजीनामा दिएका नगर सभापति हुन् । वैद्यनाथ असहाय संरक्षण मञ्चका अध्यक्ष हुन्। लोसपाबाट मनोज कुमार चौधरीले उम्मेदवारी दर्ता गराएका हुन् ।  

महतो निर्माण व्यवसायी हुन् । उनले काठमाडौंको धरहरा बनाउने काम पनि लिएका थिए ।  आफूले जनकपुरधामको दुर्दशा देखेर नगरप्रमुखमा उम्मेदवारी दिएको महतोले बताए । उनले जनकपुरधाममा जे जति पनि काम भएका छन् त्यसलाई व्यवस्थित गर्न नसकिएकाले उपमहानगरले विकास गर्न नसकेको बताए । 

उनले भने ‘जनकपुरधामको निःस्वार्थ भावले विकास गर्नकै लागि निर्माण व्यवसाय छोडेर नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको छु ।’

मेयरका उम्मेदवार चौधरीले जनकपुरधामको चौतर्फी विकास गर्न आफूले उम्मेदवारी दिएको बताए ।

आइतबार जनकपुरको मेयरमा आठ जनाले उम्मेदवारी दर्ता गराएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ