arrow

फेरि कोरोनाबाट निको हुने भन्दा संक्रमित हुने बढी 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १२ सोमबार
corona-omicron-nepal.jpg

काठमाडौं । फेरि पनि कोरोना भाइरसको संक्रमणबाट निको हुने भन्दा संक्रमण हुने बढी भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार २१ जना संक्रमित थपिएको जनाएको छ । 

सोही दिन १७ जनालाई मात्र निको भएको छ । योसँगै सक्रिय संक्रमित बढेर २७१ पुगेका छन् । छिमेकी मुलुकहरुमा कोरोनाको चौथो लहर आएको प्रक्षेपण भइरहँदा नेपालमा भने कुनै सचेतना अपनाएको पाइँदैन । 

मन्त्रालयले ३ हजार ६४२ जनाको पीसीआर परीक्षणबाट १९ जना र १ हजार १३३ जनाको एन्टिजेन परीक्षणबाट २ जना थपिएको जनाएको छ । 

यद्यपि अहिले भाइरल रुघा, खोकी र ज्वरोका बिरामीहरु बढेका भए पनि उनीहरु अस्पताल नगई घरमै सामान्य उपचार गराएरै बसेका कारण थुप्रै संक्रमितले परीक्षण नगराएको अनुमान गरिएको छ । 

अहिलेसम्म पीसीआरबाट नेपालमा ९ लाख ७८ हजार ७६२ जना संक्रमित भएको पुष्टि भएको छ । नेपालमा ११ हजार ९५१ जनाको ज्यान गइसकेको छ । 

अहिले २७१ सक्रिय संक्रमित रहेकामा काठमाडौंमा ५४, ललितपुरमा १६ तथा भक्तपुरमा ६ जना छन् । जसमा २७० जना होम आइसोलेसनमा र एक जनामात्र संस्थागत आइसोलेसनमा रहेका छन् । कुनै पनि बिरामी भेन्टिलेटरमा छैनन् । 



नयाँ