arrow

सवा लाखको उम्मेदवारी, आज उम्मेदवारविरुद्ध उजुरी दिने दिन 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
election-commission-locla-gov.jpg

काठमाडौं । स्थानीय तह निर्वाचनमा ७५३ वटै पालिकामा सवा लाखको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले सोमबार राति सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार आइतबार र सोमबार गरी  १ लाख २३ हजार ४ सय  जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

मनोनयन दर्ताको  संख्यात्मक विवरण (प्रणालीमा प्रविष्टि) गर्ने क्रम जारी रहेकाले उम्मेदवारको संख्या बढ्ने आँकलन गरिएको छ । यो राजनीतिक दल र स्वतन्त्र उम्मेदवारको संख्या हो । 

स्थानीय तहमा ३० बैशाखमा ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ । २०७४ सालको स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए ।

आज उम्मेदवारको विरोधमा उजुरी दिन आयोगले भनेको छ । १४ र १५ बैशाखमा मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ ।

१६ बैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा १७ बैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ