arrow

इन्द्रसरोवरमा एमालेका दुई वडासदस्य निर्विरोध निर्वाचित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
uml-flag.png

बागमती । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रसरोवर गाउँपालिकामा नेकपा एमालेका दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
 
मकवानपुर जिल्लास्थित उक्त गाउँपालिकामा दलित महिलातर्फ दुईजना वडा सदस्यमा निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो । 

एमालेबाट दलित महिला सदस्य पदमा मनोयन दर्ता गराउनुभएकी उक्त गाउँपालिका-१ की लक्ष्मी दमाइँ, र सोही गाउपालिका वडा नं ४ की सावित्रा सुनार निर्विरोध निर्वाचित भएको भएको बताइएको छ ।

ती वडामा अन्य कसैको पनि उम्मेदवारी नपरेकाले उनीहरु निर्विरोध निर्वाचित भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ