arrow

रोल्पा र उदयपुरमा विप्लव नेतृत्व नेकपाको उम्मेदवारी

logo
उमा केसी-हरिकुमार राई
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
biplab.jpg

रोल्पा। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रोल्पाका विभिन्न ६ स्थानीय तहमा उम्मेदवारी दिएको छ । जिल्लाको गङ्गादेव, परिवर्तन, थवाङ, सुनिलस्मृति, सुनछहरी र लुङ्ग्री गाउँपालिकामा स्वतन्त्र उम्मेदवारी दिएको हो ।

उक्त पार्टीले आसन्न स्थानीय तह निर्वाचनका लागि गङ्गादेव गाउँपालिकामा सम्पूर्ण पदसहित उम्मेदवारी दर्ता गराएको छ । रुन्टिगढी गाउँपालिकामा कुनै उम्मेदवारी नपरेको जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश सहसचिव केवी गुरुङले जानकारी दिए । 

उनका अनुसार रोल्पाको गङ्गादेव गाउँपालिका पार्टीका केन्द्रीय सदस्यसमेत रहनुभएका चुडामणि वलीले गाउँपालिकाको अध्यक्षमा र सुशिला वलीले उपाध्यक्षमा स्वतन्त्ररुपमा उमेदवारी दिएका छन् । यस गाउँपालिकाको वडा नं २ को अध्यक्षमा टीकाराम नेपाली, ३ को वडाध्यक्षमा लालबहादुर वली, ४ को वडाध्यक्षमा नन्दे वली, ५ को वडाध्यक्षमा यमनकुमार चन्द र ६ को वडाध्यक्षमा दीपेन्द्र खत्रीको उम्मेदवारी परेको छ ।

यस्तै थवाङ गाउँपालिका अध्यक्षमा अमित घर्ती र अजय घर्ती, उपाध्यक्षमा रायबहादुर पुनको उम्मेदवारी परेको छ । वडाध्यक्षमा वडा नं १ मा फर्के झाँक्री, वडा नं २ मा तीर्थनारायण मिजार र वडा नं ५ मा दुकमन रोकाले अध्यक्षमा उम्मेदवारी दिएका छन् । 

सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापाले उम्मेदवारी दिएका छन् भने उपाध्यक्षमा दीपेश विष्टको उम्मेदवारी परेको छ । यस गाउँपालिकाको २ नं वडाध्यक्षमा बेगमध्वज थापा ’एनान’ र वडा नं ६ को वडाध्यक्षमा सन्तोष सुवेदीको उम्मेदवारी परेको हो । 

परिवर्तन गाउँपालिकाको अध्यक्षमा लालबहादुर डाँगी र उपाध्यक्षमा मीरा बुढामगरले उमेदवारी दर्ता गराएका छन् । यस्तै वडा नं २ को अध्यक्षमा अनिल केसी, ३ नं वडाध्यक्षमा पृथ्वीविक्रम डाँगी, ४ नं वडाध्यक्षमा चित्रबहादुर बुढा ५ नं वडाध्यक्ष खिमप्रसाद घर्ती शाह र ६ नं वडाध्यक्षमा दीपक थापाले उम्मेदवारी दिएका छन् । सुनछहरी गाउँपालिकाको अध्यक्षमा पुष्टमन घर्तीमगरले स्वतन्त्र उमेदवारी दर्ता गरेका छन्। यहाँ तीन दलिय गठबन्धनको तर्फबाट उपाध्यक्षमा नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले उम्मेदवारी दिएका हुन् । नेकपा एमाले र नेपाली कांग्रेसको पनि समर्थन रहेको जनाइएको छ । ६ नं वडाध्यक्षमा भने हेमन्त पुनले उमेदवारी दिएका छन् । 

त्यसैगरी लुङ्ग्री गाउँपालिकाको अध्यक्षमा भूपेन्द्र खड्का क्षेत्री र उपाध्यक्षमा ज्ञानुमाया विकले उम्मेदवारी दर्ता गरेका छन्। यहाँको वडा नं १ को अध्यक्षमा नबहादुर खत्री, वडा नं। २ को अध्यक्षमा जीतमान खड्का, ३ को वडाध्यक्षमा लीलाबहादुर घर्ती क्षेत्री, ४ को वडाध्यक्ष टेकबहादुर विष्ट र ५ नं वडाध्यक्षमा सुर्वणकुमार रोका मगरको उमेदवारी परेको छ । 

उक्त पार्टीबाट रोल्पा नगरपालिका, त्रिवेणी र माडी, गाउँपालिकामा गाउँपालिका अध्यक्ष र उपाध्यक्षको उम्मेदवारी परेको छैन । त्रिवेणी गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा बेदबहादुर पुन र ६ नं वडाध्यक्षमा खिमराज पुनको उम्मेवारी परेको छ । माडी गाउँपालिका-५ को वडाध्यक्षमा प्रकाश केसी र रोल्पा नगरको १० नं वडाध्यक्षमा धनबहादुर खत्रीले उम्मेदवारी दिएका छन् ।

 उक्त पार्टीद्वारा जिल्लाका १० स्थानीय तहमध्ये नौ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गएको हो । गुरुङका अनुसार केही स्थानमा काग्रेस र एमालेको तालमेलमा तथा केही स्थानमा एकल उमेदवारी दर्ता गरिएको हो । 

यसैगरी विप्लव नेतृत्वको पार्टीले वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा सहभागिताका लागि सोमबार उदयपुरको चार पालिकामा विभिन्न पदमा मनोनयन गराएको छ । उक्त पार्टीका उदयपुर इञ्चार्ज लक्ष्मण पौडेलका अनुसार सो पार्टीको तर्फबाट उदयपुरगढी गाउँपालिकाको अध्यक्षमा जीतबहादुर पुलामी मगरले उम्मेदवारी दिएका हुन् ।

यस्तै सो पालिकाको वडा नं ५ को अध्यक्षमा केशव श्रेष्ठ, वडा नं ६ को अध्यक्षमा ढबबहादुर राउत र वडा ८ को अध्यक्षमा रेवती श्रेष्ठले उमेदवारी दर्ता गर्नुभएको छ । जिल्लाको त्रियुगा नगरपालिकाको उपमेयरमा सो पार्टीका रामकृष्ण सदाले उम्मेदवारी दिएका छन् भने भने बेलका नगरपालिका-९ को वडाध्यक्षमा मनकुमारी राईले उम्मेदवारी दिएको पौडेलले जानकारी दिए । 

उनका अनुसार कटारी नगरपालिकाको वडा नं ९ र ४ मा पनि वडाध्यक्षका लागि उक्त पार्टीबाट उम्मेदवारी दर्ता भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ