arrow

पाकिस्तानको कराँचीमा विस्फोट : चारको मृत्यु, कयौँ घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख १३ मंगलबार
karachi-attack.jpeg

इस्लामावाद ।  पाकिस्तानको कराँचीमा भएको विस्फोटनमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा परी अरु कयौँ घाइते भएको सरकारी अधिकारीहरूले मङ्गलबार पत्रकारहरूलाई जानकारी दिएका छन् । 

कराँचीमा रहेको एउटा विश्वविद्यालयको छेउमा रहेको पार्किङमा विस्फोट भएको उनीहरूले जनाएका छन् । विस्फोटपछि सानो आगलागी भएको थियो । 

विस्फोटन कसले गराएको हो भन्ने बारेमा अहिलेसम्म स्पष्ट हुन नसकेको र खोजी तथा अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

घटनामा परी घाइते भएकाहरूलाई स्थानीय विभिन्न अस्पतालमा लगेर उपचार गरिएको अधिकारीहरूले जनाएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ