arrow

एकै घरका दुई सहोदर दाजुभाइ भिन्न भिन्न पार्टीका उम्मेदवार

भाइ एमाले दाजु माओवादी, दाजु कांग्रेस भाइ एमाले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
local-level-election-12345.jpg

काठमाडौं । कोहलपुर नगरपालिकामा दुई सहोदर दाजुभाइबिच प्रतिस्पर्धा हुने भएको छ । नगरपालिकाको वडा नं ३ मा भाइ माधव रिजाल र दाजु तारकेश्वर रिजालबीच प्रतिस्पर्धा हुने भएको छ । माधव २०७४ सालमा निर्वाचित वडाध्यक्ष हुन् भने दाजु तारकेश्वर त्यति बेला उनीसँग ६५ मतले पराजित भएका थिए ।

माधव एमालेबाट तथा तारकेश्वर नेकपा (माओवादी) केन्द्र)बाट वडाध्यक्षका लागि भिड्दै छन् । जिल्लाको आठ स्थानीय तहमा ४२१ पदका लागि दुई हजार ३२९ जनाको उम्मेदवारी परेको छ ।

साथै नेपालगञ्ज उपमहानगरपालिका-१ मा फरक-फरक पार्टीबाट दाजुभाइले उम्मेदवारी दर्ता गराएका हुन् । 

सो वडाको वडाध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट विनोद रिजाल र नेकपा (एमाले)को तर्फबाट प्रमोद रिजालले उम्मेदवारी दिएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका विनोदले २०४६ देखि विद्यार्थी राजनीति सुरु गरेका हुन् । उनी हाल तरुण दल बाँकेको सचिव छन् ।

विनोदका प्रतिस्पर्धी आफ्नै सहोदर भाइ प्रमोद अघिल्लो कार्यकालको पनि वडाध्यक्ष थिए । उनी उपमहानगरपालिकाको प्रवक्ता समेत हुन् । वडाध्यक्ष हुनुअघि प्रमोद कानुन व्यवसायी थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ