arrow

गोकर्णेश्वरमा २०७ जनाको उम्मेदवारी दर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
local-level-election-everytime1.jpg

काठमाडौं ।  स्थानीय तह निर्वाचनअन्तर्गत गोकर्णेश्वर नगरपालिकाका विभिन्न पदमा २०७ जनाको उम्मेदवारी दर्ता भएको छ । नगरप्रमुख पदमा १२, उपप्रमुखमा ६, नौवटा वडा रहेको नगरपालिकाको नौ वडा अध्यक्षका लागि ४८ जनाको उम्मेदवारी परेको नगर निर्वाचन कार्यालयले जनाएको छ । 

वडा नं १ मा पाँच, वडा नं २ मा ६, वडा नं ३ मा ६, वडा नं ४ मा पाँच, वडा नं ५ मा चार, वडा नं ६ मा पाँच, वडा नं ७ मा चार, वडा नं ८ मा सात र वडा नं ९ मा ६ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत रञ्जु गौतमले राससलाई जानकारी दिनुभयो । यसैगरी महिला वडा सदस्यमा ३६, दलित महिला वडा सदस्यमा ३३ र खुला सदस्यमा ७२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारमाथि कुनै उजुरी भए दिनका लागि तोकिएको मङ्गलबार कुनै पनि उम्मेदवारविरुद्ध उजुरी दर्ता नभएको पनि उनले सुनाए ।  

कूल ३३ हजार ८९८ मतदाता रहेको नगरपालिकामा केन्द्रीय नेतृत्वले सहमति गरेअनुसारको गठबन्धन बनेको छैन । विसं २०७४ को स्थानीय तह निर्वाचनमा ६ वटा वडासहित कार्यपालिकामा समेत बहुमत जितेको नेपाली कांग्रेस एक्लै निर्वाचनमा होमिएको छ । कांग्रेसको नगर प्रमुख, उपप्रमुखसहित अधिकांश वडामा विद्रोही उम्मेदवार छन् । 

नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रले भने संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । नेकपा एमाले, राप्रपालगायत दलले पनि नगरपालिकामा उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिकाअनुसार आज र उम्मेदवारले उम्मेदवारी फिर्ता लिने अवधि तोकिएको छ ।

यसअघिको निर्वाचनबाट कांग्रेसका सन्तोष चालिसे नगरप्रमुख र शान्ति नेपाल उपप्रमुखमा विजयी भएका थिए । यसपटक चालिसेले टिकट पाएनन । उपप्रमुखमा भने नेपालले नै टिकट पाएकी छन् । नगर प्रमुखमा यसअघि प्रमुख सल्लाहकारको भूमिकामा काम गरेका दीपक रिसालले टिकट पाएका छन् । 

रिसाल कांग्रेस काठमाडौँ ३ नं क्षेत्रीय सचिवसमेत हुन् । एमालेबाट उद्धव विष्ट, समाजवादी–माओवादी गठबन्धनबाट गोपाल बराल नगरप्रमुखको उम्मेदवार बनेका छन् । नगर उपप्रमुखमा भने क्रमश ः सान्नानी लामा र पेमाछिरी शेर्पाले उम्मेदवारी दर्ता गराएको नगर निर्वाचन कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ