arrow

दैलेखमा एक हजार ९८३ ले उम्मेदवारी दर्ता गराए

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
local-level-election-000.jpg

दैलेख । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दैलेखमा एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

जिल्लाका ११ वटा स्थानीय तहमा गरी कूल एक हजार ९८३ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार गुराँस गाउँपालिकामा १३६, डुङ्गेश्वरमा ११०, भगवतीमाईमा १५०, नौमूलेमा १५४, महाबुमा १५६, भैरवीमा १७५ र ठाटीकाँध गाउँपालिकामा १५७ जनाको उम्मेदवारी दर्ता भएका छन् । 

यसैगरी आठबीस नगरपालिकामा २२०, चामुण्डा विन्द्रासैनीमा २३६, दुल्लूमा २४५ र नारायण नगरपालिकामा २३५ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन अधिकृत मनमाया काउचाले जानकारी दिए । 

जिल्लाभरि नगरपालिका÷गाउँपालिका प्रमुखमा ७७, उपप्रमुखमा ६५, वडाध्यक्षमा ४७४, खुला सदस्यमा ७२१, महिला सदस्यमा ३३८ र दलित महिला सदस्यमा ३०८ जनाले उम्मेदवारी दर्ता गराएको उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ