arrow

संखुवासभामा एक हजार ११ को उम्मेदवारी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
local-level-election-000.jpg

किमाथाङ्का । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सङ्खुवासभामा १ हजार ११ जनाको उम्मेदवारी दर्ता भएको छ । दश स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ७६ वडाका वडाध्यक्ष र सदस्य गरी ४०० पदका लागि सो उम्मेदवारी दर्ता भएको हो ।

 जिल्लाका १० स्थानीय तहका विभिन्न पदका लागि एक हजाार ११ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन सङ्खुवासभामा प्रमुख जयप्रकाश बस्नेतले जानकारी दिए । खाँदबारी नगरपालिका नगरप्रमुखका लागि स्वतन्त्रसहित ९ जनाको उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत शान्तिप्रसाद आचार्यले जानकारी दिए । खाँदबारी नगरपालिका पाँच दलीय गठबन्धनबाट नगर प्रमुखमा नेपाली कांग्रेसका महेश थपलिया, उपप्रमुखमा नेकपा (माओवादी) केन्द्रका दिव्यराज बरालले मनोनयन दर्ता गराएका छन् । 

नगरप्रमुखका लागि नेकपा (एमाले) बाट जीतबहादुर घिमिरे, नगर उपप्रमुखमा महेश्वरा श्रेष्ठको मनोनयन परेको छ । राष्ट्रिय जनमुक्ति पार्टीका भरत राई, राष्ट्रिय जनमोचार्का हेमकुमार गुरुङ, जनता (समाजवादी) पार्टीका सीताराम तिम्सिना, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमनाथ खनाल र स्वतन्त्रबाट प्रवीन कार्की, सुदिप गुरुङ र खड्गबहादुर दमाइँले नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृत आचार्यले बताए । 

त्यस्तैगरी उपप्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीकी हीरादेवी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट मैया तिम्सिनाले उम्मेदवारी दर्ता गराएका छन् । ११ वडा रहेको खाँदबारीमा ५७ पदका लागि १४१ जनाको उम्मेदवारी परेको छ । त्यस्तै चैनपुर नगरपालिकाको नगर प्रमुखमा ४ र उपप्रमुखमा ४ जनाको उम्मेदवारी परेको छ । ११ वडा रहेको नगरपालिकामा ५७ पदका लागि १३४ जनाको उम्मेदवारी परेको छ । धर्मदेवी नगरपालिकामा नगर प्रमुख र उप प्रमुखमा ३-३ जनाको उम्मेदवारी परेको छ । ९ वडा रहेको यस नगरपालिकामा ४७ पदका लागि १०७ जनाको उम्मेदवारी परेको छ । 

पाँचखपन नगरपालिका नगर प्रमुखमा २ स्वतन्त्रसहित पाँच जनाको उम्मेदवारी परेको छ । उप प्रमुखमा १ स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी दर्ता भएको छ । ९ वडा रहेको पाँचखपनमा ४७ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ । मादी नगरपालिका नगर प्रमुखमा १ स्वतन्त्रसहित ४ जनाको उम्मेदवारी परेको छ ।

 उपप्रमुखमा चार जनाको उम्मेदवारी परेको छ । मादीका ४७ पदका लागि ११० जनाको उम्मेदवारी परेको छ । त्यस्तै चिचिला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा चार-चारसहित ७८ जनाको उम्मेदवारी दर्ता भएको छ । भोटखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा तीन-तीन जनाको उम्मेदवारी परेको छ । भोटखोलामा २७ पदका लागि ६४ जनाको उम्मेदवारी परेको छ ।

 जिल्लाकै सबै भन्दा ठूलो मकालु गाउँपालिका अध्यक्षमा २ स्वतन्त्रसहित सात जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा १ स्वतन्त्रसहित ६ जनाको उम्मेदवारी परेको छ । ६ वडा रहेको मकालुमा ३२ पदका लागि १०१ ्जनाको उम्मेदवारी परेको छ । सभापोखरी गाउँपालिका अध्यक्षमा ४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा १ स्वतन्त्रसहित ३ जनाको उम्मेदवारी परेको छ । 

६ वडा रहेको सभापोखरीमा ३२ पदका लागि ७५ जनाको उम्मेदवारी परेको छ । सिलिचोङ गाउँपालिका अध्यक्षमा १ स्वतन्त्रसहित ५ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ३ जनाको उम्मेदवारी परेको छ । ५ वडा रहेको सिलिचोङमा २७ पदका लागि ७४ जनाको उम्मेदवारी परेको छ । गत स्थानीय तहको निर्वाचनमा एमालेले पाँच र कांग्रेसले पाँच स्थानीय तहमा जित हासिल गरेका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ