arrow

'मोदी र योगीको जनकपुर भ्रमण कार्यकालको सबैभन्दा ठूलो उपलब्धि'

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
lalkishors.PNG

जनकपुर । जनकपुरधाम उपमहानगरमा गठबन्धनबाट मेयरका उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) नेता लालकिशोर साहले जनकपुरधामलाई विगतको तुलनामा सफा राख्न आफूहरू सफल भएको बताएका छन् । 

बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा जनकपुरधामका निवर्तमान मेयरसमेत रहेका साहले आफ्नो नेतृत्वमा भएको विकासका कारण पाँच वर्ष अवधिको आर्थिक गतिविधिमा अहिले सैयौं गुणा वृद्धि भएको दाबी समेत गरे। आफू नेतृत्वमा आएपछि आर्थिक गतिविधिले ठूलो फड्को मारेको दाबी गरेका छन्।

गठबन्धनबाट उपमेयरका प्रत्याशी नेपाली कांग्रेसका किशोरी साहलाईसँगै राखेर लालकिशोरले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुर भ्रमणलाई आफ्नो कार्यकालको सबैभन्दा ठूलो उपलब्धिको जानकारी गराए ।

लालकिशोरले आफ्नै कार्यकालमा छिमेकी मुलुक प्रधानमन्त्री मोदी तथा उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको जनकपुरधाम भ्रमण गराउन सफल भएकोमा आफूलाई भाग्यमानी ठानेका छन् ।

साहले जनकपुरधामलाई प्रदेशको राजधानी घोषणा गराउन आफ्नो ठूलो भूमिका रहेको पत्रकार सम्मेलनमा बताए । प्रदेश सरकार र प्रदेशसभा सदस्यहरूसँगको संवाद, सहकार्य र प्रमुख दलका शीर्ष नेताहरूको समन्वयमा जनकपुरधामलाई स्थायी राजधानी घोषणा गराउन सफल भएको बताए । 

पाँच वर्षको कार्यकालमा साहले जनकपुरधामको फोहोर व्यवस्थापन गर्न नसकेको स्थानीयवासीहरूको आरोप रहेको छ । जनकपुरधामको प्रमुख चुनौतीको रूपमा रहेको फोहोर व्यवस्थापन यसपटकको स्थानीय चुनावमा प्रमुख मुद्दा बन्ने देखिएको छ । लालकिशोरले भने ,फोहोर व्यवस्थापनका लागि ‘सोलिड वेस्ट मेनेजमेन्ट’ को डिपिआर तयार भइसकेको र आगामी कार्यकालको पहिलो प्राथमिकता रहने जानकारी समेत गराए।

उपमहानगरको सेवालाई जनताको घरदैलोमा पुर्‍याउन ऐन निर्माणगरि स्वास्थ्य चौकीलाई ‘डोर टु डोर’ सेवाको रूपमा रूपान्तरण गरिने लालकिशोर दाबी गरेका छन् । जनकपुरधामको सबैभन्दा पुरानो विद्यालय सरस्वती मावि एवं कन्या माविलाई बूढानीलकण्ठको मोडेलमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे।

जनकपुरधामको उत्तरी प्रवेशद्वारमा सहिद गेट निर्माणलाई आफ्नो कार्यकालको उपलब्धि भन्दै उनले आगामी कार्यकालमा जनकपुर–जटही र जनकपुर–जलेश्वर सडक खण्डमा पनि प्रवेशद्वार बनाउने योजना रहेको बताए । 

जनकपुरधाममा अन्तर्राष्ट्रियस्तरको सभागृह, मिथिला संस्कृति, कला, नाटक, साहित्य, भोजनका परिकारहरूको संरक्षण, प्रत्येक वर्ष मिथिला महोत्सवको आयोजना गर्ने लालकिशोरले प्रतिवद्धता व्यक्त गरे । त्यस्तै ,जनकपुरधामका मठमन्दिर, गुठी तथा सार्वजनिक सम्पदाहरूको संरक्षण र सम्वर्द्धनलाई प्राथमिकतामा राख्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ