arrow

कांग्रेसलाई जिताउन मेयरका उम्मेदवार पूर्णको आग्रह 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
purnaprasad-acharya.PNG

कोहलपुर  । नेपाली कांग्रेसको तर्फबाट बाँकेको कोहलपुर नगरपालिकाका मेयरका उम्मेदवार पूर्णप्रसाद आचार्यले समृद्ध कोहलपुर बनाउने सपना साकार बनाउन कांग्रेसका उम्मेदवारहरूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गरेका छन् । 

मेयरका उम्मेदवार आचार्यले सबै मतदातालाई भेट्ने अधिकतम प्रयत्न गर्दागर्दै पनि समय अभावका कारण प्रत्यक्ष भेट हुन सक्ने अवस्था नबने आफूहरूको बाध्यता सम्झेर मतदान गर्न आग्रह गरेका छन् । 

उनले भनेका छन्-"आशीर्वचन लिनुपर्नेछ, विश्वासको घात नगर्ने बाचा गर्नुपर्नेछ तर समय अत्यन्तै कम छ, यो १५ दिनको अवधिमा हामी प्रत्यक्ष भेटघाट गर्न असमर्थ रह्यौँ भने पनि तपाईँहरूको माया हामीलाई बिलकुल कमी हुनेछैन किनभने हामी सधैँ तपाईँहरू सँगै थियौँ, छौं र रहनेछौँ । जहाँ तपाईंहरुसंग प्रत्यक्ष भेट हुन सक्नेछैन । त्यसैले यिनै सञ्चारका माध्यमहरू, हाम्रा सन्देश बाहक साथीहरुसंगको सम्पर्क माध्यमलाई आधार मानेर हाम्रो समृद्ध कोहलपुर बनाउने सपनालाई साकार पारिदिनुहुन हामीलाई मतदान गरिदिनुहुन विनम्र अनुरोध गर्दछु ।" 

कोहलपुरको उपमेयरमा सङ्गीता सुवेदी पौडेल उम्मेदवार छिन् । कांग्रेसले १५ वटै वडामा अध्यक्ष र सदस्यहरू उठाएको छ ।  कोहलपुरमा कांग्रेसले कसैसँग चुनावी गठबन्धन गरेको छैन  ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ