arrow

एक दिन सार्वजनिक बिदा थपिँदा मासिक १८ लाखको इन्धन खर्च जोगिने 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १४ बुधबार
public-holiday-sarwajanik-bida.jpg

काठमाडौ । सरकारले इन्धन खर्च जोगाउन भन्दै जेठ १ गते देखि हप्ताको २ दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । 

परीक्षणको रुपमा हप्तामा २ दिन बिदा दिन लागिएको मन्त्रिपरिषद्को निर्णयमा जनाइएको छ । सार्वजनिक खर्च र इन्धनमा कटौती गर्न सरकारले हप्तामा २ दिन बिदा दिन लागेको हो । हप्तामा थप १ दिन सार्वजनिक बिदा दिएमा महिनाभर करिब १८ लाख इन्धन खर्च जोगिने अर्थ मन्त्रालयको आँकलन छ । 

हप्तामा २ दिन बिदा दिनु अघि सरकारले मुख्यसचिवको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो । उक्त कार्यादलको सिफारिशमा सरकारले हप्तामा २ दिन बिदा दिन लागेको हो । 

त्यसो त हप्तामा २ दिन बिदा दिने निर्णय यो पहिलो पटक होइन । झण्डै २३ वर्षअघि २०५६ सालमा हप्तामा २ दिन बिदा दिने निर्णय गरेको थियो । तर यो निर्णय धेरै लामो समयसम्म टिकेन । 

करिब ६ महिनापछि हप्तामा २ दिन बिदा दिने निर्णयबाट सरकार आफैं हटेको थियो । हप्तामा २ दिन सार्वजनिक बिदामा दिएमा सेवाग्राहीलाइ उल्टै माग परेको  गुनासो आउन थालेपछि हप्तामा २ दिन बिदा दिने निर्णयबाट सरकार पछि हटेको थियो । 

२०६६ सालमा सरकारले तत्कालीन गृहसचिव गोविन्द कुसुमको संयोजकत्वमा सार्वजनिक बिदा पुनराबलोकन गर्ने सम्बन्धमा एउटा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले पनि हप्तामा २ दिन बिदा दिन सरकारलाई सुझाव दिएको थियो । तर उक्त प्रतिवेदन कार्यान्वयन भएन ।

यसअघि योगेश भट्टराई पर्यटन मन्त्री भएको बेला उनको निर्देशनमा पर्यटन मन्त्रालयले हप्तामा २ दिन बिदा दिने सम्बन्धमा एउटा प्रतिवेदन तयार गरेको थियो । 

मन्त्रिपरिषद्मा  प्रतिवेदन जानुअघि नै हप्तामा २ दिने प्रस्तावको विषयमा विरोध हुन थालेपछि मन्त्रिपरिषद्सम्म प्रतिवेदन गएन । 

कोरोना महामारीले पर्यटन क्षेत्र थलिएको बेला हप्तामा २ दिन बिदा दिने निर्णय कार्यान्वयन भएमा पर्यटन क्षेत्रमा उभार आउने भट्टराईको बुझाइ थियो । हप्तामा २ दिन बिदा दिएमा सरकारी कर्मचारीहरु घुमघाममा व्यस्त हुने र यसबाट आन्तरिक पर्यटकहरू हवात्तै बढ्ने  पर्यटन मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ