arrow

पोखरामा ९ जना जुवाडे रंगेहात पक्राउ, को-को हुन् ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
juwa-ko-khal.jpg.jpeg

पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोटबाट ९ जना जुवाडेलाई रंगेहात पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउसो ४ बजे उनीहरुलाई पक्राउ गरेको हो । 

पक्राउ परेकाहरुको साथबाट एक लाख २४ हजार ७३० रुपैयाँ नगद बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए । 

पक्राउ परेकाहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ८ दिन म्याद लिएर अनुसन्धान प्रक्रिया अघि बढाइएको डिएसपी तिवारीले बताए । 

पक्राउ परेका व्यक्तिहरु 

१. कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं.१ घर भइ पोखरा महानगरपालिका वडा नं. २ अर्चलबोट बस्ने वर्ष ५० का रामबहादुर पुन ।

२. पर्वत जलजला गाउँपालिका वडा नं.५ स्थायी घर भइ पोखरा महानगरपालिका वडा नं.२ अर्चलबोट बस्ने वर्ष ४८ का चक्र पुर्जा ।

३. म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं.३ स्थायी घर भइ हाल पोखरा म.न.पा. वडा नं. १५ रामबजार बस्ने ३० की स्वस्तिका पुन ।

४. कास्की अन्नपूर्ण गा.पा.५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १९ लामाचौर बस्ने वर्ष २९ को मनोज पुन ।

५. म्याग्दी रघुगंगा गा.पा. वडा नं.४ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १९ लामाचौर बस्ने वर्ष २५ को उमेश मगर ।

६. म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं. ५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. १९ लामाचौर बस्ने वर्ष ४० को टेक बहादुर गर्बुजा ।

७. म्याग्दी अन्नपूर्ण गा.पा. वडा नं. ५ स्थायी घर भइ हाल जिल्ला कास्की पोखरा म.न.पा. वडा नं. ११ बस्ने वर्ष ३२ की दिपा पुन ।

८. कास्की पोखरा म.न.पा.वडा नं २५ हेम्जा बस्ने वर्ष ४१ का शिवप्रसाद सापकोटा ।

९. कास्की पोखरा म.न.पा. वडा नं.१८ सराङकोट बस्ने वर्ष ५१ का कृष्ण थापा ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ