arrow

अमेरिका पठाइदिन्छु भन्दै ठग्ने अर्याल पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार २६ शुक्रबार
pakrau9.jpg

काठमाडौँ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तु वाणगङ्गा नगरपालिका-८ बस्ने पाल्पा रैनादेवी गाउँपालिका-१ घर भएका ३५ वर्षीय माधव अर्याल छन्।

माधवले अमेरिका पठाइदिन्छु भन्दै एक जनाबाट रु तीन लाख लिइ सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौँ महानगरपालिका-१३ बाट पक्राउ गरेको हो।

उनलाई आवश्यक अनुसन्धान तथा कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौँ पठाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ