arrow

पाकिस्तानी हवाई हमलामा परी अफगानिस्तानमा बालबालिकासहित ४० भन्दा बढीको मृत्यु

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
afghanistan-pak-air-strikes.jpg
फाइल तस्बिर

काबुल। अफगानिस्तानको पूर्वी प्रान्त खोस्ट र कुनारमा पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा मारिनेको सङ्ख्या कम्तीमा ४७ पुगेको अधिकारीहरूले बताएका छन्।

'खोस्ट प्रान्तको डुरान्ड रेखा नजिकै पाकिस्तानी सेनाले गरेको हवाई हमलामा ४१ जना सर्वसाधारणको ज्यान गएको छ र अरू २२ जना घाइते भएका छन्,' खोस्टका सूचना तथा संस्कृति निर्देशक शाबिर अहमद उस्मानीले आइतबार एएफपीलाई बताए।

दुई अन्य अधिकारीहरूले खोस्टमा मृत्यु हुनेको सङ्ख्या पुष्टि गर्दै थप ६ जनाको पनि मृत्यु भएको बताएका छन्। अफगानिस्तानको सबैभन्दा ठुलो समाचार च्यानल टोलो न्यूजले हवाई आक्रमणमा मारिएका बालबालिकाको शवको तस्बिर सार्वजनिक गरेको छ। 

सोही च्यानलले सार्वजनिक गरेको भिडियोमा खोस्टका सयौँ बासिन्दाहरूले पाकिस्तानको निन्दा गर्दै र पाकिस्तान विरोधी नारा लगाएका थिए।

पाकिस्तानी सेनाले गरेको आक्रमणको बारेमा टिप्पणी गर्दै आइतबार इस्लामाबादको विदेश मन्त्रालयले काबुलमा तालिबान अधिकारीहरूलाई अफगान भूमिबाट पाकिस्तान विरुद्ध आक्रमण गर्ने सशस्त्र लडाकुहरू विरुद्ध 'कडा कारबाही' गर्न आग्रह गरेको छ।

'आतङ्कवादीहरूले दण्डहीनताका साथ अफगानिस्तानको माटोलाई पाकिस्तान भित्र गतिविधिहरू सञ्चालन गर्न प्रयोग गरिरहेका छन्। जुन असामान्य रूपमा कठोर भनिएको छ।

गत वर्ष तालिबानले सत्ता कब्जा गरेपछि पाकिस्तान र अफगानिस्तानबीच सीमामा तनाव बढेको र सशस्त्र समूहहरूले अफगान भूमिबाट नियमित आक्रमणहरू गरिरहेको दाबी झ्लामाबादले गरेको छ। तालिबानले कब्जा गरेपछि इस्लामाबादले विश्वलाई धार्मिक रूपमा सञ्चालित अफगान सरकारसँग संलग्न हुन दबाब दिने अभियानको नेतृत्व गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ