arrow

सुन्नुभयो जसपा नेपालको चुनावी गीत ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १५ बिहिबार
jasapa-flag-evergreen.jpg

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले स्थानीय निर्वाचनलाई लक्षित गरेर नयॉ गीत छातामा भोट हालौँ साथी हो रिलिज गरेको छ । गोरखा खोप्लाङ स्थायी घर भएका पिटरकुमार श्रेष्ठको शब्दमा गायक चक्रञ्जल तथा गायिका प्रतिक्षाको स्वरमा यो गीत सुन्न सकिन्छ । 

म्युजिक पार्कले अडीयो ब्यवस्थापन गरेको गीतलाई नहकुल खड्काले भिडियो सम्पादन गरेका छन् । गीतलाई डा बाबुराम भट्टराईले सामाजिक संजालमा सेयर गरी गीत सुनेर भोट भोट हाल्न अनुरोध गरेका छन् ।
यस्तो छ गीतको शब्द–

‘कुरा होइन काम गर्ने एउटै पार्टी हो।
यसपालि चाहिँ छातामा भोट हालौँ साथी हो।

गाउँगाउँमा सडकदेखि विकासका कुरा,
जसपाले जहिले गर्छ गाउँका सपना पूरा, 
हिमाल पहाड तराई एक गराउने पार्टी हो।
यसपालि चाहिँ छातामा भोट हालौँ साथी हो।

विकासमुखी बजेट आउँछ समाजवादको सपना,
जसपाले जित्दा हुन्छ सपना नै विपना,
आत्मादेखि विश्वास गर्ने एउटै पार्टी हो,
यसपालि चाहिँ छातामा भोट हालौँ साथी हो।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ