arrow

नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा, यसो भने अमेरिकी विदेशमन्त्रीले

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
antony-blinken-foreign-minister.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नेपालले आफ्नो शासन व्यवस्था, आर्थिक विकास र अन्तर्राष्ट्रिय संलग्नतामा अतुलनीय परिवर्तन देखेको बताएका छन् । 

नेपाल-अमेरिका कूटनीतिक सम्बन्धको ७५ वर्ष पूरा भएको अवसरमा ट्वीट गर्दै विदेशमन्त्री ब्लिन्केनले भनेका छन्, ‘हामी साझेदारको रूपमा हाम्रा उपलब्धिहरूमा गर्व गर्छौं, र मित्रताको धेरै दशकहरूको लागि तत्पर छौं ।’

उनले नेपालसँग धेरै दशक लामो मित्रताका लागि अमेरिका तयार रहेका बताएका छन् । दोस्रो विश्वयुद्धको समाप्तिसँगै अमेरिका नेपाल सम्बन्ध स्थापना भएको थियो ।  सन् १९४७ अप्रिलमा अमेरिका र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । त्यसपछि नेपालमा अमेरिकी दूतावासको औपचारिक स्थापना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ