arrow

इजरायली प्रधानमन्त्रीको परिवारलाई मार्ने धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
naftali-bennet-threat.PNG

काठमाडौं । इजरायलका प्रधानमन्त्री नाफ्ताली बेनेटको परिवारलाई यो हप्ता दोस्रो पटक मेलमा मार्ने धम्की आएको त्यहाँको प्रहरीले जनाएको छ । मेलमा प्रधानमन्त्री बेनेटका १७ वर्षीय छोरालाई लक्षित गरिएको बताइएको छ । धम्की कसले दिएको हो भन्नेमा कुनै जानकारी दिइएको छैन ।

दोस्रो विश्वयुद्धमा नरसंहार गरिएका युरोपेली यहूदीको स्मृति दिवसमा राष्ट्रव्यापी भाषण गर्दै प्रधानमन्त्री बेनेटले इजरायली समाजमा गहिरो ध्रुवीकरणतर्फ गइरहेको भन्दै शोक व्यक्त गरेका छन् ।

यद्यपि, उनले आफ्ना नागरिकहरूलाई आन्तरिक विभाजनले समाजलाई टुक्राउन नदिने चेतावनी दिएका छन् । एउटा सानो राष्ट्रवादी पार्टीको नेतृत्व गर्ने बेनेट इजरायली कट्टरपन्थीहरूबाट ठूलो आलोचनामा परेका छन् । आलोचकहरुले बेनेटलाई आफ्नो विचारधारा त्यागेको आरोप लगाएका छन् ।

सन् १९९५मा प्यालेस्टिनीहरूसँग शान्ति स्थापना गर्ने प्रयासको विरोध गर्ने यहूदी अतिराष्ट्रवादीहरुले तत्कालीन प्रधानमन्त्री यित्जाक रबिनको हत्या गरेका थिए ।

हालैका दिनहरुमा पनि प्यालेस्टिनीहरूसँग इजरायलको तनाव बढेको छ। इजरायली अधिकारीहरूले प्रधानमन्त्री र उनको परिवारको वरिपरि सुरक्षा कडा बनाएका छन् र घटनाको बिषयमा अनुसन्धान गरिरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ