arrow

अकूत सम्पत्ति आर्जनको आरोपमा पूर्व राष्ट्रपति राजापाक्षका छोरा पक्राउ

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
rajapaksa-son-arrested759.jpg.jpeg
कोलम्बो (श्रीलङ्का) । श्रीलङ्काको एक अदालतले सोमबार श्रीलङ्काका पूर्व राष्ट्रपति महिन्दा राजपाक्षलाई अवैध रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न आदेश दिइएको छ । 
 
अदालतले अनुसन्धानका लागि पूर्व राष्ट्रपति राजपाक्षका जेठा छोरा नमाल राजपाक्षलाई एकहप्ता हिरासतमा राखी छानबिन गर्न अनुमति दिएको छ । 
 
नमाललाई श्रीलङ्काको विपक्षी समूहका महिन्दा राजपाक्षप्रति वफादार सांसदका रुपमा हेरिन्छ । अदालतले नमालमाथि अकुत रुपमा तीन लाख १० हजार अमेरिकी डलर आर्जन गर्न जिम्मेवार रहेको पछिल्लो आरोप छ । 
 
नमालमाथि अवैध रुपमा सम्पत्ति आर्जन गरेको भनी लागेको यो आरोप दोस्रो हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ