arrow

चौध जना संक्रमित थपिए, २४३ सक्रिय संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
corona-virus-covid-19.jpg

काठमाडौं । पछिल्लो दिन १४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनका अनुसार दुई हजार ७७१ जनामा परीक्षण गर्दा १४ जनामा संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको सङ्ख्या २४३ जना रहेका छन् । पछिल्लो समय १९ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६६ हजार ६१२ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

शून्य संक्रमित हुने जिल्ला ३० पुगेका छन् । नेपालमा संक्रमण दर १७.४ प्रतिशत छ । नेपालमा प्रतिदश लाखमा ३९३.४ जनाको निधन भएको छ । हाल होम आइसोलेशनमा २३७, संस्थागत आइसोलेशनमा छ जना र सघन उपचारकक्षमा एक जनाको उपचार भइरहेको छ । 

विगत २४ घण्टामा दुई लाख नौ हजार ५६ जनाले खोप लगाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ