arrow

हाम्रो लेनदेन कोसँग कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १६ शुक्रबार
give-take.PNG

काठमाडौं । सामान्यता हामीले सान साना कुरामा पनि लेनदेन गरिरहेका हुन्छौ । हाम्रो लेनदेन सबैभन्दा बढी आफ्नै परिवार नातेदार तथा साथीभाइसँग हुने गर्दछ । हाम्रो जीवनमा हामीले चिनेका सबै जानासँग भएका लेन-देन खाताका विचार गर्‍यौँ भने हामीले थाहा पाउनेछौ हाम्रो सबै भन्दा बढी लेन-देन कोसँग छ । निम्नलिखित तालिका हाम्रो विभिन्न सम्बन्धमा भएका लेन-देन देखाउन खोजिएको छ । 

कोसँग लेनदेनको खाता:                %
श्रीमान् तथा श्रीमती                       २७
अभिभावक – बच्चाको सम्बन्ध      २५
दाजु, भाइ, दिदी, बहिनी                 ९
मिल्ने साथीहरू                             ९
मानिसहरू जो सँग प्रेम प्रसङ्गयुक्त (Romantically) रूपमा संलग्न छन् ९
सहकर्मीहरू                                  ९
अन्य नातेदारहरू                            ४
अन्य परिचितहरू (छिमेकीहरू, साथीहरू, सहयोगीहरू ४
अन्य                                              ४
जम्मा                                            १००

 हाम्रो जीवनको ६५% कर्म प्रारब्ध अनुसार हुन्छन् । यो हाम्रो जीवनको त्यो भाग हो जसमा हाम्रो कुनै नियन्त्रण हुँदैनन् । हाम्रो वरपरको व्यक्तिहरूसँग जुन लेन-देन निर्माण गर्छौँ, यसले हाम्रो लेन-देन खातामा वृद्धि गर्दछ, जसले हामी यो जन्ममा अथवा आउने जन्ममा चुकाउनु पर्दछन् ।

एसएसआरएफले गरेको आध्यात्मिक अनुसन्धानमा सामान्य रूपमा हाम्रो सबै भन्दा धेरै लेन-देन खाता श्रीमान् अथवा श्रीमतीसँग हुन्छन् । हामी पहिलाको जीवनमा आफ्नो श्रीमान् या श्रीमतीलाई चिनेका हुन्छौं अनि हामी एक विशेष जीवनकालमा एकै साथ आउँछौँ, मुख्य रूपले पहिलाको जन्म वा पहिलाका जीवनहरूका शृङ्खलामा भएका बाकी लेन-देनका खाता पूरा गर्नको लागि । 

धेरै मानिसहरूले विश्वास गर्छन् कि हामी हाम्रो छनौटको व्यक्तिसँग विवाह गर्छौँ, तर यो त्यति मात्र होइन । विवाह १००% भाग्यमा लेखेको हुन्छ साथै हाम्रो जीवनमा अन्य महत्त्वपूर्ण सम्बन्धहरू जस्तै आमा, बाबा, दाजु, भाइ, दिदी, बहिनी पनि । 

यस कारण जब हामी भन्छौँ कि सौन्दर्य हेर्ने व्यक्तिको आँखामा हुन्छ, हामी सच्चाइबाट टाढा छैनौँ । बाहिरी रूपमा एउटा दम्पतीमा माया छ त्यस कारण उनीहरू एक साथ छन् । आध्यात्मिक विज्ञान अनुसार उनीहरू मुख्यतः लेन-देन खाताको हिसाब खतम गर्नको लागि एक साथ छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ