arrow

उपत्यकामा दिनमै अँध्यारो, देशैभर वर्षा, सोमबारसम्म गडबडी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १७ शनिबार
cloud-black-weather-monsoon.jpg

काठमाडौं । मौसममा आएको बदलीका कारण शनिबार बिहानदेखि नै काठमाडौं उपत्यकामा अँध्यारो भएको छ । जसका कारण कोठामा बत्ती बाल्नुपर्ने अवस्था रहेको छ । 

त्यसैगरी वर्षा पनि भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार अहिले काठमाडौं उपत्यकासहित प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

उनका अनुसार जहाँ जहाँ वर्षा भइरहेको छ त्यहाँ चट्याङसहित हावाहुरी पनि आइरहेको छ । यो क्रम साँझसम्म नै रहने उनले बताइन् । 

उनले लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अहिले बदली भइरहेको भए पनि साँझसम्म धेरैजसो स्थानमा वर्षा हुने बताइन् । 

काठमाडौं उपत्यकामा दिनभर जसो नै अँध्यारो हुने उनले बताइन् । भनिन्, ‘दुई तीन घण्टापछि मौसम खुलेजस्तो हुन्छ तर तत्कालै अर्को प्रणाली शुरु भएर फेरि अँध्यारिने छ ।’ 

उनले सोमबारसम्म नै मौसममा सुधार नहुने बताइन् । हाल देशमा स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू–भागसम्म बनेको न्यून चापिय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ