arrow

रासायनिक कारखानामा आगलागी हुँदा ३ जनाको मृत्यु ९ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १७ शनिबार
fire-final_1618024271.jpeg
तस्बिर– फाइल

काठमाडौं । टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको एउटा कारखानामा शुक्रबार भएको आगलागीमा परी कम्तीमा तीन जनाको मृत्यु हुनाका साथै अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

इस्तानबुल गभर्नरको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार शहरको एसियाली किनारमा रहेको तुजला जिल्लाको एक रासायनिक कारखानामा आगलागी भएको हो ।

घटनास्थलमा तत्कालै दमकल, एम्बुलेन्स र उद्धार टोली पठाइएको र आगो नियन्त्रणमा लिइएको उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार आगलागीमा नौ जना कामदार सामान्य घाइते भए पनि अन्य तीन जनाको ज्यान गएको छ ।  आगोको कारण कारखानामा धेरै शक्तिशाली विस्फोट भएको र नजिकैका केही सवारी साधन र भवनहरूलाई क्षति पुगेको  जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ