arrow

कांग्रसको यस्तो छ सातै प्रदेशमा गर्ने आमसभाको कार्यतालिका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १७ शनिबार
nepali-congress-flag-tree00.jpg

काठमाडौं । नेपाली कांग्रेसले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई दक्षित गर्दै देशका विभिन्न स्थानमा आमसभा गर्ने जनाएको छ । कांग्रेसले सातै प्रदेशमा आमसभा गर्ने भएको हो ।

कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णय अनुसार देशका विभिन्न सात स्थानमा आमसभा गरिने कांग्रेसका मुख्य सचिव कृष्ण पौडेलले बताए । सबै सभाहरुको संयोजन पार्टीको सम्बन्धित जिल्ला कार्यसमितिहरुले गर्नेछन् ।

आमसभा हुने स्थान र मिति

मोरङ — २०७९ बैशाख २१ गते
धनुषा — २०७९ बैशाख २२ गते
काठमाडौं — २०७९ बैशाख २३ गते
कास्की — २०७९ बैशाख २४ गते
रुपन्देही — २०७९ बैशाख २५ गते
सुर्खेत — २०७९ बैशाख २६ गते
कैलाली — २०७९ बैशाख २७ गते



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ