arrow

अफगानिस्तानमा पाकिस्तानले गरेको हवाई हमलाको हमिद कारजाईद्वारा निन्दा

logo
एजेन्सी,
प्रकाशित २०७९ वैशाख १८ आइतबार
afghan=president-hamid-karzai.jpg
फाइल तस्बिर

काबुल। अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईले अफगानिस्तानको खोस्ट र कुनार प्रान्तमा पाकिस्तानको हवाई हमलामा सर्वसाधारण मारिएको रिपोर्टको निन्दा गरेका छन्। उनले यस घटनालाई 'मानवता विरुद्धको अपराध' भनेका छन्। 'कारजाईले कुनार र खोस्टमा पाकिस्तानी सेनाको आक्रमणको निन्दा गरे। जसमा महिला र बालबालिकासहित दर्जनौँ सर्वसाधारण मारिए र घाइते भए।

अफगानिस्तानको सार्वभौमसत्ताको उल्लङ्घन, अन्तर्राष्ट्रिय मान्यताहरूको उल्लङ्घन र मानवताविरुद्धको अपराध गरिएको छ,' कारजाईलाई उद्धृत गर्दै टोलो न्यूजले रिपोर्ट गरेको छ।

यसैबीच, तालिबानले पाकिस्तानी राजदूतलाई बोलाएर हालै भएको हवाई हमलाबारे पाकिस्तान सरकारलाई चिन्ता व्यक्त गरेको छ। खोस्ट र कुनार प्रान्तका स्थानीय अधिकारीहरूले शनिवार पाकिस्तानी विमानले प्रान्तका विभिन्न भागमा गरेको हवाई आक्रमणमा पाँच बालबालिका र एक महिलाको मृत्यु भएको पुष्टि गरेका छन्।

खामा प्रेसका अनुसार पाकिस्तानी विमानले शुक्रवार राति प्रान्तको पेसा मिला र मिर सफार क्षेत्रमा बमवारि गरेको खोस्ट प्रान्तका अधिकारीहरूले बताएका छन्। जबकि प्रान्तका स्थानीय बासिन्दाहरूले उक्त हवाई आक्रमणको स्पेरा जिल्लामा गरिएको बताएका छन्। खोस्त प्रान्तमा दुई परिवारका ३३ जनाको मृत्यु भएको छ।

साथै पाकिस्तानले गरेको हवाई हमलामा पाँच बालबालिका र एक महिलाको मृत्यु भएको कुनार प्रान्तको शाल्तान जिल्लाका स्थानीय बासिन्दाले बताएका छन्।
यसबारे पाकिस्तान सरकार वा अफगानिस्तानको तालिबान नेतृत्वको सरकारले बम विस्फोटबारे कुनै प्रतिक्रिया दिएको छैन। तर पाकिस्तानी मिडियाले बम विस्फोटले ती प्रान्तहरूमा तेहरिक-ए-तालिबान पाकिस्तान (टीटीपी), पश्तुन इस्लामवादी लडाकु समूहहरूलाई लक्षित गरेको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ