arrow

सिंहलाई आईजी बनाएपछि पोखरेल र थापा रुष्ट, अदालत जाने सङ्केत

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १८ आइतबार
pokhrel-thapa.jpg

काठमाडौं । वरीयता क्रममा तेस्रो नम्बरमा रहेका धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेपछि दुई सिनियर प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) रुष्ट बनेका छन् । आइतबार मन्त्रिपरिषद्ले एआईजी सिंहलाई आईजीपीमा नियुक्त गरेसँगै दुई एआईजी विश्वराज पोखरेल र सहकुलबहादुर थापा अदालत जाने तयारीमा छन् । 

डेढ वर्षअघि बढुवा भएका पोखरेल र थापालाई पन्छ्याउँदै सिंहलाई सरकारले आइतबार नियुक्त गरेको छ । प्रहरी वरीयता क्रममा सिंह भन्दा सिनियर रहेका एआईजी पोखरेल र थापा सरकारको निर्णयबाट असन्तुष्ट बनेका हुन् । उनीहरूले आईजीपी नियुक्तलाई लिएर सर्वोच्च अदालतमा जाने बारे गृहकार्य सुरु गरेका छन् । 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक एआईजी सिंहलाई आईजीपीमा नियुक्त गरेको थियो । । गृह मन्त्रालयले भने पहिलो नम्बरमा विश्वराज पोखरेललाई आईजीपीका लागि सिफारिस गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ