arrow

बागलुङमा भीरबाट लडेका थापाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ वैशाख १९ सोमबार
death-1618215084.jpg

बागलुङ । बागलुङको निसीखोलाको  भिरबाट लडेर एकजनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका-४ का ५१ वर्षीय डिलमणि थापाको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । 

घरायासी कामका लागि बाँस खोज्न घरदेखि एक किलोमिटर टाढाको जङ्गलमा पुगेका थापा बाँस लिएर फर्किने क्रममा भिरबाट लडेका थियो । 

उनलाई तत्काल उद्धार गरेर स्थानीय नवजीवन मेडिकल हलमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए ।

थापाको टाउकामा गहिरो चोट लागेको थियो । उनको शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ ल्याइएको छ । थापा गोरेटो बाटोदेखि दुईसय मिटर तल खसेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ