arrow

यमनमाथि साउदीको हवाई आक्रमण, ११ को मृत्यु १९ घाइते

घटनाको राष्ट्रसंघका महासचिवद्वारा निन्दा

logo
प्रकाशित २०७३ साउन ३२ मंगलबार
yaman.JPG.jpeg
एजेन्सी । उत्तरी यमनमा एक परोपकारी संस्थाद्वारा संञ्चालित अस्पतालमा साउदीले हवाई आक्रमण गर्दा ११ जनाको ज्यान गएको छ ।  घटनामा  १९ भन्दा बढी घाइते भएको रोयटर्सले जनाएको छ। उक्त हमला सोमबार हज्जा राज्यको अब्स जिल्लामा भएको हो।
 
रोयटर्सका अनुसार हवाई जहाजहरू घटना स्थलमाथि उडिरहेका कारण थप हमला हुनसक्ने त्रासका कारण घाइतेहरूलाई तत्काल सुरक्षित स्थानमा लान सकिएको छैन ।  मर्नेहरूमा १० जना अस्पतालका बिरामी र एक अस्पतालका सदस्य रहेको बुझिएको छ। 
 
पछिल्लो १२ महिनामा यमनमाथि साउदीले गरेको यो चौंथो आक्रमण हो। साउदी गठबन्धनका प्रवत्ताले सोमबार भएको उक्त हमलाप्रति कुनै  प्रतिक्रिया जनाएको छैन।  घटनाको सयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले निन्दा गर्दै साउदी गठबन्धनलाई घटनाको जवाफ मागेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ