arrow

खराब मौसमका कारण विमान दुर्घटना : १७ जना घाइते

logo
सिन्ह्वा,
प्रकाशित २०७९ वैशाख १९ सोमबार
spicejet.jpg

नयाँ दिल्ली । भारतमा खराब मौसमका कारण अस्तव्यस्त भएर विमान दुर्घटना भएको छ ।  

दुर्घटनामा परि कम्तीमा १४ यात्रु र तीन जना चालक दलका सदस्यहरू घाइते भएका छन् । 

बोइङ ७३७ यात्रुवाहक विमान भारतको वित्तीय केन्द्र मुम्बईबाट पूर्वी राज्य पश्चिम बङ्गालको दुर्गापुरका लागि उडेको एनडीटीभीको रिपोर्टमा उल्लेख छ।

१८८ यात्रु बोकेको स्पाइसजेटको विमान दुर्गापुर विमानस्थलमा अवतरण गर्नुअघि ठूलो मिड–एयर टर्ब्युलेन्स भएको थियो। 

एकापसमा ठोक्किने क्रममा ओभरहेड क्याबिनमा राखिएको सामान खसेर यात्रु घाइते भएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ